नारायणगढका अवैध संरचना आज पनि भत्काइने

चितवन । सडक डिभिजन भरतपुरले पूर्व–पश्चिम राजमार्गको अधिकार क्षेत्र अतिक्रमण गरि बनाइएका नारायणगढका संरचना आज पनि भत्काउने भएको छ । सडक डिभिजनले हिजो (शुक्रबार) पुलचोकदेखि लायन्सचोकसम्मका राजमार्गबाट दक्षिणतर्फका संरचना भत्काएपछि उद्योग वाणिज्य संघ चितवनले विरोध गरेको थियो ।

संघका अध्यक्ष चुननारायण श्रेष्ठले अदालतको निषेधाज्ञाको आदेशका विपरित व्यवसायीका संरचना भत्काउने काम भएको भन्दै उक्त काम तत्काल रोक्न आग्रह गरेका थिए । सडक डिभिजनले भने सबै पक्षसँगको सहमति र छलफलपछि नै अवैध संरचना भत्काउन लागिएको बताएको छ ।

सडक डिभिजनका इन्जिनियर सागर कार्कीले आज पनि अवैध संरचना भत्काइने बताउँदै काम रोक्न अदालतले दिएको आदेशबारे जानकारी नभएको बताए । ‘उद्योग वाणिज्य संघको विज्ञप्तिबारे हामीलाई जानकारी छैन । हामीले गतवर्षदेखि नै सार्वजनिक सूचना निकालेर, सबैसँग छलफल गरेर नै अवैध संरचना भत्काउन लागेको हो’, उनले भने, ‘सडक अधिकार क्षेत्र खुला गर्ने हाम्रो काम नै हो ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको