चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको प्रथम अनेरास्ववियु हाजिरी जवाफ प्रतियोगितामा बि.एड तेस्रो बर्ष प्रथम भएको छ । अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीले आज आयोजना गरेको अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगितामा बि.एड तेस्रो बर्ष प्रथम भएको हो ।
त्यस्तै प्रतियोगितामा द्धितिय कक्षा १२ (कम्प्युटर साइन्स) भएको छ । त्यसैगरि बि. आइ. सिटि दोस्रो सेमेष्टर तृतिय भएको छ । प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको थियो । हाजिरी जवाफ प्रतियोगिता दुई चरणमा गरिएको थियो । पहिलो चरणमा ३९ टिमलाई नै सहभागि गराएर प्रश्न गरिएको थियो भने दोस्रो अर्थात फाइनलमा ३९ टिम मध्यबाट उत्कृष्ट ९ टिम छनोट गरेर प्रतियोगिता गरिएको अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष महेश सापकोटाले जानकारी दिए । प्रतियोगितामा प्रत्यक टिममा दुई जना बिद्यार्थीको सहभागिता रहेको थियो । प्रथम स्थान हासिँल गर्ने बि.एड तेस्रो बर्षका चित्र बहादुर मगर र देव आशिष घिमिरे रहेका छन । उनिहरुले १० हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै द्धितिय हासिँल गर्ने कक्षा १२ (कम्प्युटर साइन्स)का किरण भण्डारी र रोशन लामिछाने रहेका छन । उनिहरुले ६ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । त्यसैगरि तृतिय स्थान हासिँल गर्ने बि. आइ. सिटि दोस्रो सेमेष्टरका रोजिना पौडेल र चुनचुन कुमार साहानी रहेका छन । उनिहरुले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । भने प्रतियोगितामा सहभागि सम्पुर्ण बिद्यार्थीले प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सहभागि बिद्यार्थीलाई क्याम्पस प्रमुख मणिराज महत्वो, अनेरास्ववियु स्थायी कमिटी सदस्य प्रकाश भट्टलगायतले पुरस्कार वितरण गरेका थिए । अनेरास्ववियु सप्तगण्डकी क्याम्पसका अध्यक्ष महेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रकाश सिल्वालले कार्यक्रम संचालन गरेका थिए ।










