क्यानडामा नेपाली ड्राइभिङ ईष्टक्टर कमल ज्ञवाली ‘डाईरेक्टर अवार्ड’द्वारा सम्मानित

शिशिर सिंखडा, क्यानडा । क्यानडामा ड्राइभिङ सिकाउने नेपाली ड्राइभिङ ईष्टक्टर कमल ज्ञवाली ‘डाईरेक्टर अवार्ड’द्वारा सम्मानित भएका छन । आज ब्राम्टन सिटीमा आयोजित एक कार्यक्रममा उनलाई सम्मानित गरिएको थियो ।

न्यु मेथड ड्राइभिङ स्कूल अन्तर्गत ओन्टारियो राज्यमा करिब ४ सय जना ड्राइभिङ ईष्टक्टर (प्रशिक्षक) रहेका छन । ४ सय जना मध्यबाट नेपाली ड्राइभिङ ईष्टक्टर कमल ज्ञवाली उत्कृष्ट ईष्टक्टर भएको भन्दै सो सम्मानबाट सम्मानित भएका हुन । सो स्कुलका अध्यक्ष साव सोहताले आज आयोजित भव्य कार्यक्रममा ज्ञवालीलाई सम्मान गरेका हुन ।

करिब ४ बर्षदेखि ओन्टारियो राज्यको ब्राम्पटन र मिसिसागा सिटीमा उनले नेपाली समुदायलाई ड्राइभिङ सिकाउदै आएका छन । हालसम्म उनले सयौं संख्यामा नेपाली हरुलाई ड्राइभिङ सिकाई सकेको बताएका छन । क्यानडामा बिगत ८ बर्षदेखि स्थायी रुपमा बस्दै आएका ज्ञवालीले सो सम्मानले आफुलाई काम गर्ने हौसला मिलेको भन्दै ड्राइभिङ सिकाईमा आफुलाई थप जिम्मेवारी बढेको महशुस भएको बताएका छन । कार्यक्रममा अर्का नेपाली ड्राइभिङ ईष्टक्टर राजेश महर्जन पनि सम्मानित भएका थिए । सो २ वटा सिटीमा २ जना मात्र नेपाली ड्राइभिङ ईष्टक्टर रहेका छन । कार्यक्रममा ब्राम्पटन नगरपालिकाका मेयर प्याट्रीक ब्राउन लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अबसरमा २ हजार जना भन्दा बढीको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको