भरतपुरको अरोमा कलेजमा  शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीद्वारा प्रदर्शन

चितवन ।  भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा शिक्षकले विद्यार्थीमाथि यौन दुर्ब्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले यौन दुव्र्यवहार भएको बारेमा जानकारी आएको बताएका हुन् । उनले घटनाको अनुसन्धानको लागि आफूहरु कलेजमा नै खटिरहेको  जानकारी दिए । उनले भने, ‘घटनाको बारेमा अनुसन्धान चलिरहेको छ । विद्यार्थीहरु आन्दोलित भएका छन् ।’

विद्यार्थीहरुले कलेजको कक्षा ११ मा पढ्ने छात्राहरुमाथि कम्प्यूटर ल्याबमा काम गर्ने शिक्षकद्वारा यौन दुव्र्यवहार भएको आरोप लगाएका छन् । उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झयालका सिसाहरु फोडेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको