चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अन्तर कक्षास्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको आयोजनामा पुस ०८ गते शुक्रबार हाजिरी जवाफ प्रतियोगिता हुन लागेको हो ।
विद्यार्थीको क्षमता वृद्धि गर्ने उदेश्यले प्रतियोगिता संचालन गर्न लागेको अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष महेश सापकोटाले जानकारी दिनुभयो ।
हाजिरी जवाफ प्रतियोगितामा करिब २५ टिम सहभागी रहने उहाँले बताउँनुभयो।
उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः १० हजार,६ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने छन ।









