चितवन । चितवनमा लागुऔषध प्रयोगकर्ताको संख्या बढदै गएको छ । मानिसहरु बेरोजगारी भए संगै विभिन्न कुलतमा फस्ने गरेका छन । यस्तै पछिल्लो समया चितवनमा अधिकांश युवायुवतिहरुले लागुऔषध प्रयोग गर्न थालेको पाइएको छ । जिल्ला प्रहरी कार्यलय चितवनको तथ्यांक हेर्दा पछिल्लो तिन बर्षमा लागुऔषध प्रयोगको उजुरी बर्षौनी बढ्दै गईरहेको छ ।
आर्थिक वर्ष २०७९/८० को मंसिरसम्म चितवन प्रहरीले लागूऔषधको मुद्धामा ७२ जनालाई पक्राउ गरेको छ। जसमध्ये ६३ जना नेपाली र ९ जना भारतीय रहेका छन्। ४४ जना विरुद्ध लागुऔषको मुद्दा दर्ता भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा लागुऔषधको मुद्धामा १७० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। पक्राउ परेकामा १५४ पुरुष, ११ महिला र ५ बालक रहेका छन्। तीमध्ये १०६ जनाविरुद्ध लागुऔषधको मुद्धा दर्ता भएको छ। उनीहरुबाट डाईजेपाम १ हजार ४१९ एम्पूल, व्यूप्रिनोर्पिmन १ हजार ४३१ एम्पूल, फेनारगन १ हजार २३३ एम्पूल, खैरो हेरोईन ६.६१० मिलिग्राम, नाईट्राजेपाम ७ हजार ७०५ ट्याब्लेट, गाँजा २५० किलो १३५ ग्राम र चरेस १४५ किलो बरामद गरिएको उनले बताए।
आर्थिक बर्ष २०७७/७८ को तथ्याङक अनुसार प्रहरीले लागुऔषध मुद्धामा १३६ जनालाई पक्राउ ग¥यो। जसमा १२८ पुरुष, ६ महिला र २ बालक रहेका छन्। उनीहरुको साथबाट डाइजेपाम १ हजार १४९ एम्पूल, व्यूप्रिनोर्पिmन १ हजार २३५ एम्पूल, खैरो हेरोईन २२ ग्राम १६८ मिलिग्राम, नाईट्राजेपाम १ हजार ६९६ ट्याब्लेट, गाँजा ७७२ किलो ३१० ग्राम, प्रोमाथेजिन ५९ ट्याब्लेट, युरुफ सेरुप ७०० मिलिलिटर, पाइएभन स्पास्पीयस ८ ट्याब्लेट र ओनेरेक्स सेरुप १५० मिलिलिटर बरामद गरेको उनले बताए।
प्रहरी नायव उपरीक्षक पण्डितका अनुसार लागुऔषधमा अधिकांश १८ वर्ष उमेर समूहबा बालबालिका फस्ने रहेका छन्। ‘धेरैजसो साथीसंगिनीको कारण, कस्तो हुन्छ त यो खाँदा भन्ने कौतुहलताका कारण सेवन गर्न सिक्दै जान्छन्। लागुऔषधको दुव्र्यसनीमा युवायुवती नै बढी फस्ने गरेका छन्’, उनले भने। १८ वर्ष उमेर समूहका बालबालिकालाई बालबालिका ऐन अनुसार कारबाही हुने गरेको उनले बताए। जिल्ला बाहिरबाट बढी लागुऔषध भित्रिने गरेको उनी बताउँछन्।
‘प्रहरी कार्यालयले दुई प्रक्रियाबाट चेकजाँच गर्ने गर्छ। एउटा नियमित चेकजाँच र अर्को सुराकी परिचालनको आधारमा नियन्त्रणमा लिएर कानुनी प्रकृया अगाडि बढाउछौँ’, उनले भने। लागुऔषध मुद्धाका दोषीलाई कानुनले नै कम सजायको व्यवस्था गरेकाले एकचोटि कानुनी दायरामा आइसकेको मान्छे पनि निस्किएपछि पुनः त्यहि कार्यमा लागेको पाइएको उनी बताउँछन्। समुदाय प्रहरी साझेदारीको अवधारणामा रहेर लागुऔषधविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए।









