चितवन गार्डेन रिसोर्टको खानामा भेटियो दिशामा पाइने ब्याक्टेरिया, रिसोर्टलाई तीन लाख जरिवाना

चितवन । भरतपुरस्थित चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा अनुगमन समितिले तयार गरेको प्रतिवेदनमा रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरिएको छ ।

उपभोक्ता संरक्षण ए‍ेन २०७५ को दफा १६ (२) क अनुसार होटलले अनचित व्यापारिक तथा व्यवसाय जन्य क्रियाकलाप गरी गुणस्तरहिन खाद्य बस्तु उत्पादन गरी सेवा प्रवाह गरेकोले सोही ए‍ेनको दफा ३९ (१) ख अनुसार तीन लाख रुपैयाँ जरिवानाको सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा बिरामीको स्वास्थ्य परीक्षण गर्दा खानामा दिशामा पाइने व्याक्टेरिया पाईएको पनि उल्लेख छ । होटल उपभोग्य मिति सकिएको अखाद्य बस्तु भेटिएको, ढोका तथा झ्यालमा जाली नभएको, भान्सामा झिँगा पाईएको, कामदारको सरसफाई सन्तोषजनक नभएको, भान्सा र भाँडा माझ्ने ठाउँ सँगै भएको, होटलको अनिवार्य अभिलेख नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदन ३ गते आइतबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पेश गर्ने सहायक प्रजिअ शर्माले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको