काठमाडौं । हङकङमा “हिमालज क्राफ्ट लिमिटेड” को एक कार्यक्रमका बिच भब्य रुपमा उदघाटन गरिएको छ । नेपाली हस्तकलाको हङकङमा प्रबर्द्धन र बिक्रि गर्ने उधेश्यले सो क्राफ्ट संचालनमा ल्याईएको हो । कार्यक्रमका प्रमुख अतिथि हङकङका लागि बाणिज्यदुत किरण कुमार गुरुङ, एनआरएनए हङकङका अध्यक्ष तथा नेपाली सामग्री प्रर्वधन समिति उप-संयोजक गोर्कण ढकाल र कार्यसमिति सदस्य तथा नेपाली सामग्री प्रर्वधन समिति एशिया क्षेत्रीय संयोजक आकाश बन्जाराले संयुक्त रूपमा सो हस्तकला सामग्रीको हिमालयज क्राफ्ट सोपको उदघाटन गर्नुभएको थियो ।
नेपाली हस्तकलाको प्रबर्द्धनको हेतुले संचालित सो ब्यबसाय बिश्व नेपाली युवा उधमी महासंघ हङकङका अध्यक्ष आकाश बन्जारा र एनआरएनए हङकङका अध्यक्ष गोर्कण ढकालको संयुक्त लगानी रहेको छ । सो कार्यक्रममा एनआरएनए हङकङका पुर्व अध्यक्ष कृष्ण पाण्डे, एनआरएनए हङकङका पुर्व अध्यक्ष तथा एनआरएनएको हालको सचिब राधिका गुरुङ, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष लवकुमार गुरुङ, हङकङ- नेपाल ब्यापार संघका अध्यक्ष तेजप्रकाश पुनको उपस्थिति रहेको थियो ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव शशीमदन राई, हङकङकि सफल ब्यबसायी जोना श्रेष्ठ, युवा ब्यबसायीहरु डिके दाहाल, बिश्व घिसिङ, ईन्दर पुन, निर्मल अर्याल लगायतको सो अबसरमा उपस्थिति रहेको थियो ।
ह्यान्डीक्राफ्टका सफल ब्यबसायी तथा समाजसेवी बन्जाराको लगानीमा काठमाडौं तथा देशका विभिन्न स्थानमा आफ्नै ह्यान्डीक्राफ्टको उद्योग रहेको छ । सो उद्योग तथा ब्यबसायमा १ सय ५० जना भन्दा बढी प्रत्यक्ष रूपमा रोजगारीमा रहेका छन ।



\









