चितवनमा बिहे भोज खाँदा बिरामी परेपछि रिसोर्टमा शील लगाईयो

चितवन । बिहे भोज खाएकाहरु बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा शील लगाईएको छ । हिजो साँझ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाईएको हो ।

नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरुले भरतपुरमा रहेको उक्त रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका थिए । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । यी समस्या देखा परेका बिरामीहरुलाई नेशनल सिटी हस्पिटलमा भर्ना हुन आग्रह गरिएको होटलका प्रवन्ध निर्देशक जनार्दन रिजालले जानकारी दिए । उनका अनुसार ६६ जनाले उपचार समेत गराई सकेका छन् ।

अन्य २ सय भन्दा बढी बिरामी परेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको