चितवन । विराटनगर, वीरगन्ज र हेटौंडामा भव्य सफलता आर्जन गरेर चितवन आइपुगेको नेपथ्यले यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो स्वागत पाएको छ। चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आज साँझ ६ बजेदेखि सुरु भएको ‘नेपथ्य लाइभ कन्सर्ट’मा हजारै सङ्गीत पारखीको उपस्थिती रहेको छ ।