चितवनमा सालको गोलियासहित तीन मोटरसाइकल प्रहरीको नियन्त्रणमा

चितवन । चितवन प्रहरीले सालको गोलियासहित तीन वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । आज बिहान १ बजेको समयमा भरतपुर महानगरपालिका–११ भोजाडस्थित खगेरी पुल नजिकैबाट लुकाईछिपाई पदमपुरतर्फ लैजादै गरेको काठ र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

नवजागृती सामुदायिक ‍वनबाट पदमपुरतर्फ लैजादै गरेको ना १६ प २०५७, ना ६ प २६४२ र ग ४प ५९४३ नम्बरको मोटरसाइकल र उक्त मोटरसाइकलमा राखेर लैजादै गरेको तीन वटा सालको गोलिया नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार काठ तस्करहरु अस्थायी प्रहरी चौकी भोजाडबाट खटिएको टोलीलाई देखेपछि काठसहित मोटरसाइकल छाडेर भागेका थिए ।

काठ र काठ तस्करीमा प्रयोग भएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा लगेर थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको