चितवन । माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि चितवनका तीनसहित १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।
माओवादीको आज बसेको बैठकले चितवनबाट ज्ञानु बस्नेत सुवेदी, रणेन्द्र बराली र कल्पना मियाँ रहेका छन् । भरतपुरको फूलबारीकी सुवेदी र नारायणगढका बराली माओवादीको केन्द्रीय सदस्य हुन् । सुवेदी खसआर्य महिलाबाट, दलित पुरुषतर्फबाट बराली र मुस्लिम महिलाबाट कल्पना मिया समानुपातिक सांसद बनेका हुन् । त्यस्तै विद्यार्थी राजनीतिमा सक्रिय मियाको जन्मघर पूर्वी चितवन हो । माओवादीले छानेका १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ ।









