रबि रेग्मी, चितवन । चितवनको सप्तगण्डकी क्याम्पसमा “सुशासन र सदाचार गन्तव्य मानवअधिकार” विषयकमा छलफल कार्यक्रम सम्पन्न भएको छ । ७५ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवसको पुर्वसन्धियमा मानवअधिकार संजाल चितवन, रोटरी क्लव अफ भरतपुर र सप्तगण्डकी आमसंचार क्लवको आयोजनामा छलफल कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी अधिकांश बक्ताले राज्य अर्थात सरकारी पक्षबाट नै सबैभन्दा धेरै मानवअधिकारको उल्लघंन भएको बताएका छन । उनिहरुले जहाँ विधिको शासन हुदैँन भने त्यहाँ मानवअधिकार नहुने बताएका छन ।
कार्यक्रममा बाल्दै सप्तगण्डकी क्याम्पसका प्रमुख मणिराज महत्वोले जे कुरा पनि गर्दा सबैभन्दा पहिला आफु, घर र परिवारबाट सुरुवात गर्नुपर्ने बताए । “सबैभन्दा पहिला आफ्नो घरमा सुशासन राख्नुपर्छ उनले भने, तब मात्र समाज र देशमा परिवर्तन गर्न सकिन्छ” । त्यस्तै कार्यक्रममा बोल्दै आमसंचार क्लबका संस्थापक तथा पत्रकार विवेक पोख्ररेलले सरकारी पक्षबाट नै बढि मानवअधिकारको उल्लघंन भएको बताए । उनले माडिको कुसुमखोलाको चेपाङ वासिन्दाको उदाहरण दिदैँ पटक पटक जाडो मौसमको समयमा राज्य अर्थात सरकारी पक्षबाट घरमा आगो लगाउने, टहरा भत्काउँने काम भएको बताए । नेपालको संविधानमा गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्यको निशुल्क व्यवस्था गर्नू पर्ने भए पनि त्यस्तो व्यवस्थाको कार्यन्वयन नभएको पोख्ररेलले बताए ।
कार्यक्रमा बाल्दै शिवराज कंडेलले मानवअधिकारको बारेमा केहि नयाँ कुरा सिक्ने मौका पाएको बताए । अधिकांश कुराहरु राजनितिसँग जोडिएको हुँदा मानवअधिकारकर्मीहरु पनि पार्टीगत हुने रहिछन उनले भने । त्यसैगरी कार्यक्रममा बाल्दै आमसंचारका सहायक प्रध्यापक तथा पत्रकार मधुसूदन दवाडीले जनतालाई सचेत र सारकारलाई सजक बनााउने काम मिडियाको भएपनि अहिलेको नेपाली मिडियाहरु पैसामुखि भएको बताए । “मिडियाहरुमा भएको पैसामुखि प्रवृति हटाउँनु पर्ने छ”, उनले भने ।
त्यस्तै कार्यक्रममा बाल्दै मानव अधिकार संजाल चितवनका संयोजक राजेन्द्र पौडेलले मानवअधिकार संस्थाको स्थापना व्यथितीको अन्त्यको निम्ति भएको बताए । “दलिय व्यवस्थामा राजनितिक दलले सरकार संचालन गर्नु पर्छ र विधिमा शासन चलाउँनु पर्छ” उनले भने । विधिमा सरकार चल्न सकेन भने राजनितिक दल सचिने कि सकिने भन्ने प्रश्न उठने पौडेलले बताए । भोलि अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा बिहान ८ बजे मानवअधिकार र महिलाअधिकारको विषयमा शान्तिपुर्ण सचेतना कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कन्द्रिय सदस्य विश्वनाथ ओझा, रोटरी क्लव अफ भरतपुरको सभापति भोला जोशी, सप्तगण्डकी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष टेक बहादुर थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता मानव अधिकार संजाल चितवनका संयोजक राजेन्द्र पौडेलले गरेका थिए भने काइराष्ट्र नेपालका उपाध्यक्ष विनोद खण्ड तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन दिपक लामिछानेले गरेका थिए ।










