गोरखा । गोरखामा गुडिरहेको स्कर्पियो गाडीमा अचानक आगलागी भएको छ। गोरखाको बेनिघाट-आरुघाट सडकखण्ड अन्तर्गत गण्डकी गाउँपालिका-८ स्थित चुल्ठे भीरमा गुडिरहेको स्कर्पियो गाडीमा अचानक आगलागी भएको हो । विहिवार दिउसो गुडिरहेको स्कर्पियो अचानक आगो लागेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट गोरखाको फुजेल जादै गरेको उक्त स्कर्पियोमा गुड्दागुड्दै आगलागी भएको हो । गाडीको इन्जिनमा समस्या आएर विद्युत् सट भएर आगलागी भएको हुनसक्ने चालक लक्ष्मण लामिछानेले बताए। आगलागीबाट मानविय क्षति भने भएको छैन ।
गाडीमा ६ जना यात्रु सवार थिए । आगलागीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।









