चितवनको इच्छाकामनामा बाइक र योद्धा गाडी ठोक्किदा ५ जना घाइते

चितवन ।  चितवनको इच्छाकामना-३ फस्लिङ नजिकै  बाइक र योद्धा गाडी एक आपसमा ठोकिएर  दुर्घटना भएको छ । काठमाडौबाट मुग्लिङतर्फ आउदै गरेको ना ४१ प ५४८ नम्बरको बुलेट बाइक र मुग्लिङबाट काठमाडौतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको योद्धा गाडी एक आपसमा ठोकिएर  दुर्घटना भएको हो । दुर्घटनामा  बाइक चालक बिदेशी नागरिक गम्भीर घाइते भएका छन भने बाइकको पछाडी सवार महिला सामान्य घाइते भएका छन । त्यस्तै योद्धा गाडीमा सवार ३ जना सामान्य घाइते भएका छन ।
घाइतेहरुको भरतपुरमा उपचार हुँदै छ । दुवै सवारीसाधन एकआपसमा ठक्कर खादाँ सडकबाट ५० मिटर तल खसेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको