नारायणगढ-मुग्लिन सडकको तीन नम्बर पुलबाट ट्रिपर खस्दा एक जनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रिपर खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रिपर भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

दुर्घटनामा ट्रिपर चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्सपेक्टर सुनदिप तामाङले जानकारी दिनुभयो । शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको