क्यानडाको टोरण्टोमा चर्चित युवा गायक शिव परियारलाई भयो वान्स मोर…..

शिशिर सिंखडा,क्यानडा । सात समुन्द्र पारीको देश क्यानडाको सबैभन्दा ठुलो टोरण्टोको मध्य शहर स्थित क्वीन प्यालेस बेन्क्युट भरिभराउ थियो । चर्चित लोक गायिका देवीका केसीले सन्चालन गरेको कार्यक्रममा चर्चित युवा गायक शिव परियार हलमा प्रवेश गर्ने बित्तिकै दर्शकको गडगडाहट तालीले हल गुन्जायमान मात्र भएन, परियारलाई छुन र खादा लगाउन सयौं दर्शक आतुर थिए ।

जब गायक परियार स्टेजमा प्रबेश गरे, दर्शकको ताली निरन्तर बजिरह्यो ।

“पिउदिन भन्दा भन्दै पिलायो साथीले….” गित संगै शुक्रवार साँझ क्यानडामा रहेका नेपालीहरुले भरपुर मनोरञ्जन लिए । परदेशमा रहेर चर्चित युवा गायक संग पहिलो पटक रम्न पाएका नेपाली दाजु-भाइ दिदी-बहिनीहरुको वान्स मोरको आवाजलाई बुलन्द पारेपछी उनले “पिउदिन भन्दा भन्दै पिलायो साथीले….” गित पुनः दोहोर्‍याए । सो गित मात्र हैन, उनले ३ घण्टा सम्म गाएका १ दर्जन बढी गितमा वान्स मोर भन्दै दर्शकहरुले सांँझको खाना र चुस्कीसंगै उनलाई साथ दिए ।

नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसिसिएस)ले आयोजनामा गरेको सो म्युजिकल नाईट्मा उनले ‘यो मन त नेपाली हो.., फुलै फुल दिन्छौं कि…, संंगि,संगि… लगायतका १ दर्जन बढी कर्णप्रिय गित गाएर दर्शकलाई मन्त्रमुग्द बनाए । क्यानडामा रहेका नेपालीहरुले स्थापना गरेको नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसिसिएस) नाफा रहित सस्था हो । नेपाली कला, संस्कृतीको संरक्षण गर्ने अभिप्रायले सो सस्थाले क्यानडामा लामो समयदेखि काम गर्दै आएको आयोजकले बताएका छन । सो कार्यक्रममा चर्चित गायक परियारलाई नेपाली गित, संगीत तथा कला संस्कृतिको जगेर्ना गर्न र सम्मान स्वरुप कार्यक्रममा बोलाईएको सो सस्थाले जनाएको छ । आर्थिक तथा नाफाको उध्येस्य भन्दा पनि नेपाली संस्कृतीको जगेर्ना र माया आफ्नो मुल लक्ष्य रहेको गायक परियारले बताए ।

सोही कार्यक्रममा चर्चित गायिका देवीका केसीले सालको पातको टपरी हुने…, लालुपाते फुल छैन रुख मात्रै… जस्ता गितले सो हल ५ घण्टा सम्म गुन्जायमान भएको थियो । नव गायक रिग्बेद ईट्नीले हेर मलाई… तिमीनै हौ… गित गितारको तालमा गाँउदा युवा- युवती हरुबाट अत्याधिक प्रसंशा पाएका थिए ।

एनसिसिएसका अध्यक्ष तुलसी पाठक, कार्यक्रमकि संयोजक बिना बर्मा, एनआरएनए क्यानडाका अध्यक्ष दिपक गौतम, सस्थाका पदाधिकारी, पुर्व अध्यक्षहरु लगायत सो बिशेष कार्यक्रममा करिब ५ सय नेपाली हरुको सहभागीता रहेको थियो ।

त्यस्तै
क्यानडाकै लण्डन शहरमा यही डिसेम्बर १० तारेख शनिबार साँझ हुने कार्यक्रममा पनि गायक शिव परियार, गायिका देवीका केसी, ईरिक गिरी लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहने छ ।

बेलुका ४ बजे देखि १० बजेसम्म हुने सो कार्यक्रमको सम्पर्क ब्यक्ति पुष्प थापा रहनुभएको छ । सो कार्यक्रमको भुट्नी्ज एण्ड नेपाली कम्युनिटी अफ लण्डनले आयोजना गरेको छ भने सप्पोर्ट नेपाली बजारले गरेको आयोजकले बताएका छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको