चितवनको कालिकामा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

निर्मल धिताल, चितवन । चितवनको कालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो २ः३० बजेको समयमा कालिका नगरपालिका वडा नम्बर ९ शक्तिखोर स्थित कयर खोलाको बाँधमा पौडी खेल्ने क्रममा सोही ठाउँका १६ वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको हो । उनी साथीहरुसँग पौडी खेल्न खोलामा गएका थिए । मृतक श्रेष्ठको शब पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याईएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको