क्यानडाको टोरण्टो र लण्डन शहरमा बृहत म्युजिकल नाईट हुँदै, गायक परियार र गायिका केसीको विशेष प्रस्तुति रहने
१४ मंसिर २०७९, बुधबार २०:१५
शिशिर सिंखडा, क्यानडा । क्यानडाको टोरण्टो र लण्डन शहरमा बृहत म्युजिकल नाईट हुने भएको छ । चर्चित युवा गायक शिव परियार र चर्चित लोक गायिका देवीका केसीको सो कार्यक्रममा विशेष प्रस्तुति रहने छ ।
टोरण्टो शहरमा यही डिसेम्बर २ तारेख शुक्रबार र लण्डन शहरमा डिसेम्बर १० तारेख शनिबार साँझ सो कार्यक्रम हुन लागेको हो । टोरण्टो शहरमा यही डिसेम्बर २ तारेख शुक्रबार हुने कार्यक्रम ‘नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस’ (एनसिसिएस)ले आयोजनामा गरेको हो । टोरण्टो शहरको क्वीन प्यालेस बेन्क्युट हलमा हुने सो भब्य कार्यक्रममा चर्चित युवा गायक शिव परियार, लोक गायिका देवीका केसी सहितका कलाकार हरुको विशेष प्रस्तुति रहने छ । बेलुकी ६ बजेदेखि १२ बजेसम्म हुने डिनर सहितको सो कार्यक्रममा करिब १ दर्जन कलाकारको बिशेष प्रस्तुति रहने छ ।
त्यस्तै लण्डन शहरमा डिसेम्बर १० तारेख शनिबार साँझ हुने कार्यक्रममा पनि गायक शिव परियार, लोक गायिका देवीका केसी, ईरिक गिरी लगायतका कलाकार हरुको विशेष प्रस्तुति रहने बताईएको छ । बेलुका ४ बजे देखि १० बजेसम्म हुने सो कार्यक्रमको सम्पर्क ब्यक्ति पुष्प थापा रहनुभएको छ ।
लण्डन शहरमा हुने कार्यक्रमको ‘भुट्नी्ज एण्ड नेपाली कम्युनिटी अफ लण्डन’ले आयोजना गरेको छ भने सप्पोर्ट ‘नेपाली बजार’ले गरेको आयोजकले बताएका छन ।