चितवनमा मतगणना: सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी

चितवन । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान आइतबार सकिए पश्चात सबै मतमेटिका सम्बन्धित क्षेत्रको मतगणना स्थलमा पु¥याइएको छ । आइतबार राति नै मतमेटिका मतगणना स्थलमा पुगेपनि मतगणना भने आजबाट मात्रै हुने भएको छ ।

सर्वदलीय बैठक बसालेर मतगणना सुरु गर्ने निर्वाचन अधिकृतहरुको तयारी छ । चितवन क्षेत्र नं १ र २ मा आज बिहान ८ बजे सर्वदलीय बैठक बस्दै छ । चितवन क्षेत्र नं ३ मा भने बिहान ९ बजेको लागी सर्वदलीय बैठक बोलाइएको छ ।

चितवन १ को खैरहनी मावि, चितवन २ को चितवन उद्योग संघको प्रदर्शनी केन्द्र र चितवन ३ को मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवनमा हुँदै छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको