प्रचण्डलाई अब्दुसकाे प्रश्न, `तपाईंले मतदान गर्ने केन्द्र कुन हाे ?´

गाेरखा । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ काे मतदान भाेली विहान ७ बजेदेखि देशैभर सुरु हुँदैछ । उम्मेदवार तथा मतदाताले विहान देखि आफ्नाे नामावली रहेकाे मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउँछन् । निर्वाचन आयाेगले २ गते राति १२ बजेदेखि प्रचारप्रसारमा राेक लगाएकाे छ । माैन अबधिमा कुनै पनि ब्यक्ति, दलहरुले प्रचारप्रसार गर्नुका साथै भाेट माग्न पाउँदैनन् ।

माैन अबधिकै बिचमा नेकपा एमालेका तर्फबाट गाेरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेकाे अब्दुस मियाले आफू आईतवार विहान ७:३० बजे मतदान गर्ने बताएका छन् । मियाले आफ्नाे फेसबुकमा लेखेका छन्, `म भोलि बिहान ७: ३० बजे मेरो मतदान केन्द्र “चम्पावती मा.वि. निवारे, गोरखा”मा मतदान गर्दैछु।´

मियाकाे प्रमुख प्रतिस्पर्धी माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड) ले भने आफुलाई मतदान गर्न पाउँदैनन् । मियाले सांकेतिक ब्याङ्गे गर्दै आफ्ना प्रतिस्पर्धी दाहाललाई प्रश्न गरेका छन्, `तपाईँले मतदान गर्ने निर्वाचन केन्द्र चाहिँ कुन हो?´
प्रचण्डले चितवन जिल्ला निर्वाचन क्षेत्र नं. ३ शिवनगरस्थित मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको