चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले आज नारायणी नदी किनारमा विशाल आमसभा गर्दै छ । दिउँसो ३ बजे हुने आमसभामा पार्टी सभापति एवम् चितवन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उमेदवार रवि लामिछानेलगायतका नेताले सम्बोधन गर्ने बताइएको छ ।
आमसभाबाट देशका विभिन्न जिल्लाबाट शुभेच्छुकहरु सहभागी हुने स्वतन्त्र पार्टीले जनाएको छ । लामिछानेविरुद्ध नागरिकताको विषयमा आयोगमा उजुरी परेको छ । उनले आजको कार्यक्रममा विशेष खुलासा गर्ने बताएका छन् ।









