माओवादी चितवनका अध्यक्षलाई होटलको खर्चको बिल उपलब्ध गराउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरी, चितवनलाई खाना खर्चको बिलको प्रमाणित प्रति उपलब्ध निर्देशन दिएको छ ।

आयोगले पत्राचार गर्दै कात्तिक २९ गतेको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको भन्दै पार्टीका जिल्ला अध्यक्षलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

माओवादी चितवनका अध्यक्षले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरी उक्त दिन ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शन पछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’, भन्ने व्यहोरा उल्लेख गरिएको सामग्री आयोगमा प्राप्त भएको भन्दै आयोगले स्पष्टीकरणका लागि पत्राचार गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको