सामाजिक अभियन्ता एवम राप्रपाका युवा नेता सागर लामिछाने एमाले प्रवेश

निर्मल धिताल, चितवन । चुनावको दिन नजिकिदै जाँदा एमाले प्रवेशको लहर नै चल्न थालेको छ । बुधवार मात्रै कालिका नगरपालिकामा समाजसेवी एवम् युवा नेता सागर लामिछाने एमाले प्रवेश गरे । कालिका नगरपालिकाको वडा नं. ६ स्थित खोलसिमल बजारमा आज आयोजना गरेको चुृनावी कोणसभामा लामिछाने एमाले पार्टी प्रवेश गरेका हुन ।

उनलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णभक्त पोख्रेल र प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिलवालले खाँदा अविर लगाएर स्वागत गरे । राष्ट्र र राष्ट्रियताका लागि नेकपा एमाले पार्टी प्रवेश गरेको लामिछानेले प्रतिक्रिया दिए । केपी ओलीको भिजनलाई आफूले नजिकवाट नियाल्दै आएको र ओलीकै सपना पूरा गर्न नेकपा एमालेमा प्रवेश गरेको बताए ।

लामिछाने स्थानीय तहको निर्वाचनमा कालिका नगरपालिकाको वडा नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीवाट अध्यक्ष पदका उम्मेदवार बनेका थिए । सो कार्यक्रममा बोल्दै नेकपा एमालेका चितवन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोखरेलले एमाले जनताको पार्टी भएकोले विकास र सम्वृद्धिको नेतृत्व एमालेबाहेकबाट सम्भव नभएको बताए । कोरोना कहरका बीचमा पनि एमाले नेतृत्वले जति विकास र निर्माण काम गर्न सक्यो त्यसको ५ प्रतिशत पनि काम पछिल्लो दुई बर्षमा परमादेशी गठवन्धनको सरकारले गर्न नसकेको बताए । उनले सरकारको गलत नीतिका कारण देश आर्थिक संकटमा फस्दै गएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको