माओवादीका बागी उम्मेदवार हरि योञ्जन एमाले प्रवेश, दिनेश कोइरालालाई समर्थन

चितवन ।  नेकपा माओवादी केन्द्रमा लामो समयसम्म योगदान गरेका गायक एवम् चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार हरि योञ्जन एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रमा परिवारवाद हावी भएको र न्यूनत्तम कम्युनिष्टको चरीत्र पनि नभएकोले उनले माओवादी छाडेको बताएका छन् ।

योञ्जनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा आयोजना गरिएको एक सभामा प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका योञ्जनले चितवन क्षेत्र नं. ३ मा एमालेको सर्मथनमा माछा चिन्ह लिएर उम्मेदवार बनेका दिनेश कोइरालालाई सर्मथन गर्दै उम्मेदवारी निष्कृय पारेका छन् । माओवादी भित्र राजनीतिका नाममा लुटपाट मात्रै गरेको भन्दै योञ्जनले सच्चा कम्युनिष्टहरु एमालेमा गोलवन्द हुन आग्रह गरे ।

‘माओवादी केन्द्र एउटा आउटडेटेड शक्ति हो, यसको राजनीतिक भविष्य छैन, यसले जनताका एजेण्डा बोक्न पनि सक्दैन’ योञ्जनले भने ‘माओवादी नेपालको राजनीतिलाई कहिल्यै स्थीरता हुन नदिन लागि परेको छ यस्ता च्याँखे दलको काम छैन ।’ उनले माओवादी अब खियाएर सकिदै जाने अवस्थामा पुगेको बताए । उनले अर्को चुनावसम्म माओवादी चौथो दलतिर झर्ने बताए । माओवादीले हजारौं सहिद, घाइते र वेपत्ताहरुको सपनाको हत्या गरेको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको