चितवनमा आज वाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभा, प्रधानमन्त्रीसहित शीर्षनेताले सम्बोधन गर्ने

चितवन। वाम–लोकतान्त्रिक गठबन्धनले आज शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउनुहुने भएको छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिनुभयो ।

भरतपुरस्थित गेष्टहाउस चौरमा दिउँसो १२ः३० बजेदेखि आमसभा सुरु हुने माओबादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको