काठमाडौँ । साहित्यकार महेश्वर खनालका एक्काइसौँ कृति ‘भजनहरू’ प्रकाशित भएको छ । चालिस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन, सूर्य भजन, माता भजन, भगवान् भोले बाबा, कहाँछन् हरि?,आज राधाको नाच छ, एक सन्देश, केही कुरा, भन्दिन म त, अज्ञान, हाय! हाम्रो चाला, के हो त ईश्वर?,असली हिरा के हो?,राधा, हा कृष्ण ! जस्ता ३९वटा भजन सङ्ग्रहित छन् ।
उहाँद्वारा लिखित विभिन्न पाठ्यपुस्तक, वैभव लक्ष्मी, चालिसा सङ्ग्रह, एघार चालिसा सङ्ग्रह र आरती सङ्ग्रहका साथै सम्पादित तथा अनुवादित हनुमान चालिसा, विष्णु पुराण, श्रीमद्भागवतमहापुराण सङ्क्षिप्त, दुर्गा चालिसा, शिव चालिसा, लक्ष्मी चालिसा, गणेश चालिसा, महाकाल शनिमृत्युन्जयजस्ता कृति सार्वजनिक भैसकेका छन् ।-रासस
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer