चितवनको रत्ननगरमा रहेको मोटरसाइकल ग्यारेजमा आगलागी, ३० बढि मोटरसाइकल जले

चितवन । चितवनको रत्ननगर स्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका १ सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टसमा आज विहान ३ः५० बजे आगलागी भएको हो ।

खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको दमकलले विहान ६ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट १२ वटा नयाँ र २० भन्दा बढि पुराना मोटरसाइकल जलेर क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको