चितवन-३ मा दिनेश कोइरालालाई ‘माछा’ र जगन्नाथ पौडेललाई ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह

चितवन ।  चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले ‘माछा’ निर्वाचन चिन्ह पाएका छन्। सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले निर्वाचन चिन्ह ‘सूर्यमुखी फूल’ पाएका छन्।

निर्वाचन कार्यालयले आज सबै स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह दिएको हो। कोइरालालाई नेकपा एमालेले समर्थन गर्ने सम्भावना छ। एमालेका उम्मेद्वार रामप्रसाद न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले फिर्ता लिएको छ। तर कसलाई सहयोग गर्ने भनेर अ‍ौपचारिकरुपमा सार्वजनिक गरेको छैन।

जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयर पदमा भुइँकटहर चिन्ह पाएका थिए।

यो क्षेत्रबाट १२ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। setopati

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको