दोश्रो बिश्वयुद्ध लडेका १ सय ६ बर्षिय थापाको निधन 
चितवन । दोश्रो बिश्वयुद्ध लडेर बाच्न सफल १ सय ६ बर्षिय मानबहादुर थापाको आज निधन भएको छ । रत्ननगर-१६, हात्तीगाडे निवासी थापाको आज दिउँसो निधन भएको हो ।
थापाका ६ छोरा, २ छोरी सहित नाति, नातिना, पनाती, पनितिनी सहित ९५ जना सन्तान रहेको रत्ननगर वडा नं.१६ का वडा अध्यक्ष तथा स्व. थापाका (माईलो छोराको छोरा) नाति हेमराज थापाले जानकारी दिए । स्व.थापाको आजै हिन्दु परम्परा अनुसार देवघाटमा दाहसंस्कार गरिएको थियो । स्व.थापा सन २०४०-४४ को दोश्रो बिश्व युद्धमा भारतबाट ईटाली पुगी युद्ध लडेका थिए ।
चितवनको पहाडी गाउँ साबिक काउले घर भएका स्व. थापा सो युद्ध पछी गाउँ आई बसेका थिए ।  उनी आएको केहि समयमा घर आगलागी भए पछी सबै कागज पत्र नस्ट भएको थियो । कागज पत्र नस्ट भएकाले हजुरबुबाले तत्कालीन कुनै पनि सेवा सुबिधा पाउन नसकेको स्व. थापाका नाति हेमराज थापाले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको