चितवन ३ मा एमालेबाट रामप्रसाद न्यौपानेले पाए टिकट

चितवन । मंसिर ४ को निर्वाचनको लागि चितवन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई टिकट दिएको छ। देशका अधिकांश स्थानमा राप्रपासँग तालमेल गरेर चुनावी मैदानमा होमिने तयारीमा रहे पनि चितवनमा भने त्यो सम्भव भएन। र, मनोनयनको पूर्वसन्ध्यामा जिल्ला अध्यक्ष न्यौपानेले टिकट पाएका हुन्।

उमेदवार पक्का भएपछि मनोनयन दर्ताको तयारीमा रहेको न्यौपानेले इचितवनपोष्टलाई बताए। यसअघिसम्म नेकपा एमालेले राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई साझा उमेदवार बनाउने व्यापक चर्चा भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको