तनहुँ १ मा गोबिन्दराज जोशीले दिए उम्मेदवारी

तनहुँ । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा निर्वाचनको लागि कांग्रेस पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन्। २०७४ सालमा उनले उम्मेदवारी दर्ता गराए पनि रामचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

यस क्षेत्रबाट कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ।

यस क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको