रवी लामिछाने चितवन २ बाट चुनाव लड्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले प्रतिनिधि सभाको निर्वाचन चितवनबाटै लड्ने भएका छन् । उनी चितवन क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका हुन् । आफ्नो मनोनयन दर्ता गर्न लामिछाने विहानै चितवन आइपुगेको स्रोतले जानकारी दिएको छ ।

यसअघि उनि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट उम्मेदवार बन्ने भएपछि लामिछानेले चितवन २ बाट उम्मेदवार बन्न लागेको पार्टी स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको मनोनयन दर्ता गर्दै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले स्वतन्त्र पार्टीका उम्मेदवारलाई मनोनयन दर्ता गर्न दिउँसो १२ बजेको समय दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको