
चितवन । मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्वर ३ बाट माओवादी केन्द्रले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शनिवार) बसेको जिल्लाको बैठकले अधिकारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । चितवन ३ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित क्षेत्र हो । यसपटक प्रचण्डले चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने निर्णय गरिसकेका छन् ।
अधिकारी भरतपुर अस्पतालका अध्यक्ष तथा पुष्पाञ्जली अस्पतालका संचालक हुन् । यस्तै प्रदेश ३ (ख) मा ठाकुर प्रसाद ढकाललाई माओवादी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको छ । उनि माडी नगरपालिकाका निवर्तमान मेयर हुन् ।