देवघाटमा पनि नारायणीले खतराकाे तह नाघ्याे

चितवन ।  नारायणी नदीले देवघाटमा पनि खतराकाे तह पार गरेकाे छ । चितवन क्षेत्रमा वर्षा रोकिए पनि जल तथा माैसम विज्ञान विभागले शुक्रबार बिहान ९ बजेबाट जल सतह फेरि बढ्न थालेकाे भन्दै सजग रहन अपिल गरेकाे छ ।

नारायणी नदीकाे देवघाट बाढी मापन केन्द्रमा जल सतहले खतराकाे विन्दु पार गरेकाे छ । पानीकाे तह ९ मिटरभन्दा माथि गए खतराकाे विन्दु नाघेकाे हुन्छ ।

घट्दाे क्रममा रहेकाे बाढी फेरि बढेकाे भन्दै विभागले चितवन र नवलपुरका नदी आसपासमा बस्ने स्थानीयलाई सजग रहन अपिल गरेकाे छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको