नारायणगढ–मुग्लिन सडकमा गाडी सहज रुपमा चल्दै

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडी समान्य रुपमा चलेका छन् ।

मालबाहक गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । दशैँको यात्रा सहज बनाउन मालबाहक गाडी चलाउन रोकिएको छ ।

हिजो भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेकोको थियो । तर, पहिरो हटाएपछि गाडी चलेका छन् । अहिले पनि चितवनमा पानी परिरहेको छ ।

यस्तै पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन पोखरा सडक दुईतर्फी नै चलेको छ । सडकमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताउनुभयो ।

सडक विभागका अनुसार चार वटा सडक बन्द छन् । साँफेबगर मार्तडी कोल्टी सडक, कर्णाली राजमार्गको जमुनाहा नेपालगञ्ज कोहलपुर सुर्खेत खुलालु हिल्सा सडक, तानसेन रिडी कोरला सडक र डुम्रे बेशीशहर चामे सडक बन्द छन् ।

देशका विभिन्न ठाउँमा ग्रामिण तथा मुख्य सडक बन्द भएपछि दशैँका यात्रु मर्कामा परेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको