नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन । पहिरोको कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका-२९, केराबारीमा खसेको पहिरो पञ्छाएर सडक सञ्चालनमा आउँदा अठारकिलो भन्ने स्थानमा पहिरो खस्दा सडक एक तर्फी सञ्चालनमा रहेको छ ।
वर्षाको कारण लेदोसहितको पहिरो झरेर सडक अवरोध भएकोमा पहिरो पन्छाएर करिब ६ बजेबाट सडक दुइ तर्फीनै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले बताउनुभयो । पहिरो दिउँसो ३ बजेतिर खसेको थियो ।
त्यस्तै  भरतपुर-२९, अठारकिलो भन्ने स्थानमा भने लेदो सहितको पहिरो खसेको कारण बाटो एकतर्फी संचालनमा रहेको र पहिरो पन्छाउने कार्य भईरहेकोले केही क्षणमा दुईतर्फी सुचारु हुने चितवन प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको