नारायणगढ-मुग्लिन सडक खण्डको केराबारीमा फेरी पहिरो, बाटो पूर्णरुपमा अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नं.२९ केराबारीमा दिउँसो ३ः२५ बजेको समयमा पहिरो खसेपछि यस सडक खण्ड पुनः अवरुद्ध भएको हो ।

केराबारीको पहिरो हटाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ । पहिरोको मात्रा ठुलो भएकाले बाटो खुलाउन करिब ४/५ घण्टा लाग्नसक्ने प्रहरीको भनाई छ । यसअघि विहान ८ः३० बजे सत्रकिलोमा खसेको पहिरो ११ बजे हटाइएपछि यस सडक खण्ड संचालनमा आएको थियो । बाटो पुनः अवरुद्ध भएपछि दशैंमा टीका लगाउन हिँडेका हजारौं यात्रुहरु बिचल्लीमा परेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको