चितवन । भरतपुर महानगरपालिका वडा नं २९ स्थित सेतीदोभानमा बुधबार बिहान ९ः३५ बजेको समयमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार निजकी श्रीमती घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार बा१५च ७४७९ नम्बरको स्कार्पियोले बागमती प्रदेश ०२(०३६प ११७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पर्वत मासिला गाउँपालिका वडा नं ५ बस्ने ४८ वर्षीय मित्रलाल पँगेनीको टाउकोमा चोट लागी गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा १०ः३५ बजे मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार मित्रलालका श्रीमती ४० वर्षीया राधा पँगेनी मध्यम घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मोटरसाइकल, स्कार्पियो र चालक जिप्रकाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer