चितवन । लायन्स क्लब अफ चितवन आरोग्यद्वारा आज बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ परिक्षण गरिएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा आज ३६ जना बृद्धबृद्धाहरुको हाडजोर्नी तथा नशा रोग सम्बन्धि परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
जेष्ठ नागरिक भवनमा सम्पन्न सो कार्यक्रम क्लबका अध्यक्ष बद्री प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । क्लबका सचिव सुदिपराज सुबेदीले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथि क्लष्टर चिफ बिनोद पन्त रहनुभएको थियो ।
सो अबसरमा जेष्ठ नागरिक मन्च चितवनका सचीव भोजराज न्याैपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने वरिष्ठ हाड जोर्नी तथा न्युरो सर्जन डा. हेमन्त गुप्ताले बिरामीहरुको स्वास्थ परिक्षण गर्नुभएको थियो ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer