जापान बस्ने नेपालीहरुद्वारा चेपाङ केन्द्रमा खाद्यान्न सहयोग 
किशोर दुवाडी,  चितवन । जापान बस्ने नेपालीहरुद्वारा रत्ननगर-११, मङलपुरमा रहेको गाँमबेसींको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न सहयोग गरिएको छ । जापानको किवा कम्पनीमा कार्यरत नेपाली स्टाफहरुद्वारा केन्द्रमा सहयोग गरिएको हो ।
नेपालीहरुको महान पर्व दशै मनाउन चेपाङ बालबालिकाहरुलाई सहजताको लागि सो सहयोग गरिएको हो । केन्द्रमा १५ बोरा चामल र १ बोरा दाल सहयोग गरिएको थियोे ।  कार्यक्रममा जापानको किवा कम्पनीमा कार्यरत भोला अधिकारी, दिपेन थापा, चन्द्र गुरुङ तथा चितवन बसोबास गर्ने ईमप्रसाद अधिकारी, सुजन क्षेत्रीको उपस्थितिमा चेपाङ केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई सो खाद्यान्न हस्तान्तरण गरिएको थियो । केन्द्रमा हाल चितवन, गोर्खा, धादिङ र मकवानपुरका १४० जना बिपन्न चेपाङ विद्यार्थीहरु आवासीय रूपमा रहि अध्ययन गरिरहेका छन ।
साथै सो कम्पनीमा कार्यरत नेपालीहरुको सहयोगमा कालिका वडा न.८ का ३० बिपन्न परिवारलाई १ बोरा चामल, नुन, तेल, चिउरा, मसला लगायतका सामाग्री प्रदान गरिएको थियो भने सोही वडाको गैरीबारीका क्यान्सर पीडितलाई रु.५ हजार सहयोग गरिएको भोला अधिकारीले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको