घ्याल्चोकमा दशैँ विशेष सांस्कृतिक कार्यक्रम हुने

गोरखा । गोरखाको गण्डकी गाउँपालिका-७, स्थित घ्याल्चोकमा दशैँ विशेष शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । घ्याल्चोक सुधार समितिको आयोजनामा असोज १५ गते शनिवार वेलपातिको दिन  ज्ञानमार्ग मा. वि मा दशैँ विशेष सांस्कृतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको साङगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा चर्चित दोहोरी गायिका टिका सानु, गायक चिज गुरुङ, मदन गुरुङ, पृथ्वी गुरुङ, मकेश पुलामी, किशोर लम्साल, निशा गुरुङ, सीला गुरुङ, मधु रसाईली, टेक गुरुङ, पुर्ण गुरुङ, प्रसंग थपलियाको प्रस्तुति रहने छ । गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना(साकार)को कार्यक्रममा प्रमुख आथित्य रहने छ । कार्यक्रमको मुख्य प्रायोजक महादेब भैरबी कन्स्ट्रकसन प्रा. लि. ले गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको