
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आज (मंगलबार) लागुऔषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–७ का ३५ वर्षीय मिनबहादुर गुरुङ रहेका छन् ।
चितवन जिल्ला अदालतको २०७७ पुष २० गतेको फैसलाले गुरुङलाई लागुऔषध मुद्दामा २ वर्ष १ महिना कैद र १ लाख २ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
त्यसपछि फरार गुरुङलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागी चितवन जिल्ला अदालतमा उपस्थित गराईएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।