एकैदिन ५४ जनामा कोरोना पुष्टि

काठमाडौं ।  थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ३८२९ नमूनामध्ये ५४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७२९ र एन्टिजेनबाट २१०० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२ र एन्टिजेनबाट १२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार ७६ जना कोरोनामुक्त भएका छन्।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ११४४ रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको