
चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् ।
भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणीमा डुबेर आज दिउँसो १२ः३० बजे धादिङ महाबिरबेशी घर भई हाल हाल देवघाटमा डेरा गरि बस्ने पार्वती अधिकारीका १६ वर्षीय छोरा अभिषेक अधिकारी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
देवघाट प्रहरीले दिउँसो १ बजे घटना बारे जानकारी पाएको थियो । अधिकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।