इच्छाकामना-७,भालुमारामा लाईट हाउस उद्धघाटन
चितवन । इच्छाकामना गाउँपालिका -७, भालुमारा, सङमटोलमा आज एक कार्यक्रमका बिच लाईट हाउस उद्घाटन गरिएको छ । सो हाउसको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्धघाटन गर्नुभएको थियो । सो भवन सेवा अहिले नेपाल, काठमाडौंको सहयोगमा निर्माण सम्पन्न भएको थियो ।
भवनमा स्थानिय विद्यार्थीहरुले बिधालय समय अगाडि र पछाडि अध्ययन गर्न सक्नेछन । सो भवनमा बिधालय जान नपाएका र जान नसक्नेहरुका लागि पनि निशुल्क पढाउने ब्यबस्था मिलाईएको छ । विभिन्न सिपमुलक तालीम तथा कार्यक्रम गर्न समेत सो भवन प्रयोग गर्न सकिने  सेवा अहिले नेपालका चितवन प्रतिनिधि ईश्वरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, बिशिस्ट अतिथी इच्छाकामना गाउँपालिका -७ का वडा अध्यक्ष बमबहादुर थापामगर, देउराली राष्ट्रिय आधारभुत बिधालयका अध्यक्ष बोधबहादुर गोले लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको थियो ।
सस्थाले इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा निशुल्क सिलाई कटाई तालिम, छात्रवृत्ति, बिधालयका विद्यार्थी हरुलाई स्टेशनरी, जाडोका कपडा, झोला, खाद्य सामाग्री लगायतका सहयोग समेत गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको