सौजन्य सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा पुनः धर्मध्वज लम्साल चयन  

चितवन । सौजन्य बचत तथा ऋण सहकारी सस्था लिमिटेड, रत्ननगर-१०, बकुलहरको चौथो अधिवेशनबाट अध्यक्षमा पुनः धर्मध्वज लम्साल चयन भएका छन। सो अधिवेशनबाट उपाध्यक्षमा महादेवप्रसाद हुमागाई, सचीवमा अनिता अर्याल,

कोषााध्यक्षमा सबिता आचार्य चयन भएका छन । आज मनिखोला पार्कमा भएको सो अधिवेशनले सदस्यहरुमा सुनिता श्रेष्ठ, कमलबहादुर घिमिरे, सोमराज बस्नेत, मोहन प्रसाद पाण्डे र राजेन्द्रप्रसाद चौधरी चयन भएका छन । त्यस्तै लेखा समिति सम्योजकमा लिलानाथ अर्याल र सदस्यमा रमेशबाबू कट्टेेल र बुद्धिप्रसाद अधिकारी चयन भएका हुन । सहकारी सस्थाका अध्यक्ष धर्मध्वज लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष महादेवप्रसाद हुमागाईले स्वागत मन्तव्य राखेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिकामा मेयर तथा सस्थाका सस्थापक अध्यक्ष बिनोद रेग्मी, रत्ननगर नगरपालिका वडा नं.१० कि वडा सदस्य गोमा भण्डारी, शेयर सदस्य शोभा लामिछाने अधिकारी, नेत्रजी पन्त लगायतले मन्तव्य राखेका थिए । सो साधारण सभामा आर्थिक प्रतिबेदन, प्रगति प्रतिबेदन, अनुमानित आयब्यय विवरणहरु पेसगरि पारित गरिएको थियोे । सो अधिवेशनमा निर्वाचन समितिको सम्योजकमा शिशिर सिंखडा र सदस्यमा गिता बन्जारा र नेत्रजी पन्त रहेका थिए । सो अबसरमा सस्थाका उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको