चितवन । भरतपुरमा ट्रिपरको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुंँ जिल्ला देवघाट गाउंँपालिका वडा नम्बर ५ का बिक्रा तामाङ्ग रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज अपरान्ह ३ बजेर २० मिनेटको समयमा भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित भतेरी जंगलमा नारायणगढबाट जुगेडी गईरहेको ना ८ ख ४५६२ नम्बरको ट्रिपरले विपरीत दिशातर्फ गईरहेको बागमती प्रदेश ०६, ००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते तामाङ्गको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिपर चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २९ का सुमन बरुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।