

चितवन । चेपाङ अभियान्ता केपी किरण शर्मा सम्मानित भएका छन । गाँमबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष तथा चेपाङ अभियन्ता शर्मालाई असाहाय बृद्ध कल्याण समाज, रत्ननगर-१३, अमिलियाले आज सम्मान गरेको हो । बिपन्न चेपाङको शिक्षा र उन्नयनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै सो
सस्थाको ११औं वार्षिक साधारण सभाको अबसरमा उहाँलाई सम्मान गरिएको हो । शर्मालाई समाजसेवी तथा पुर्व मन्त्री शेषनाथ अधिकारीले सम्मान पत्र र दोसल्लाले सम्मान गर्नु भएको थियो ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer