केपी किरण शर्मा, चितवन । पुर्वी चितवनको पहाडी बस्ती हो कालिका नगरपालिकाको वडा नं.११ को सिद्धि गाउँ । सत प्रतिशत जसो बिपन्न चेपाङ बसोबास गर्ने सो गाउँमा टेलरिङ्ग पेशा गरेर परिवार पाल्दै आएकि छन ३२ बर्षिय सबिना चेपाङ ।
उनले सिलाई कटाई तालीम लिए पछी कहिलैै हात खाली बस्नु परेन । कामको चाप एकातिर छ भने अर्को तर्फ आम्दानी पनि छ, उनले भनिन । बालबच्चा पढाउन र घर खर्च चलाउन उनलाई ५/७ बर्ष देखि सो सिलाई मेशिन र सीप बरदान नै भएको छ । मासिक २५ देखि ३० हजार रुपैया गाउँमै आम्दानी हुने भए पछी परिवारको हरेक समस्या पूरा गर्न सफल भएको सबिनाले बताईन ।
सोही गाउँकि पबित्रा चेपाङले पनि टेलर खोलेर काम गरेकी छन । उनको पनि मासिक कमाई सबिनाको भन्दा कम छैन । मासिक १२/१५ हजार खर्च कटाएर बचाउने गरेको पबित्राले बताईन । सो सिद्धी गाउँको हरेक डाँडा पाखाका बस्तीमा अहिले सिलाई कटाई काम स्थानिय चेपाङ दिदी बहिनीहरुले गर्दै आम्दानीको जोहो गर्दै आएका छन।
स्थानिय बिमला चेपाङ, सङिता चेपाङ, बिपना जोशी मात्र होइनन, दर्जनौ दिदी बहिनीहरुको पेशा र ब्यबसाय नै टेलरिङ्ग भएको छ । कोमल हृदय प्रतिष्ठान, काठमाडौंले सो सिद्धि र आसपासको गाउँमा बिगत ६/७ बर्ष देखि ९७ जना महिलाहरुलाई निशुल्क सिलाई कटाई तालिम दिदै आएको छ । ६ महिना सम्मको तालिम पश्चात सिलाउने मेशिन समेत निशुल्क पाए पछी काम गर्ने उत्साह बढेको स्थानिय संगिता चेपाङले बताईन ।
सो सस्थाले कालिकाको वडा नं.७ स्थित पृथ्वी माबीको सालघारी शाखा र कालिका वडा नं.११ सिद्धीको राष्ट्रिय माबी मझवाङमा पनि सहयोग गरेको छ । सस्थाले सो बिद्यालयमा आफ्टर स्कुल कार्यक्रम अन्तर्गत १/१ जना शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउदै आएको छ । सो शिक्षकले विद्यालय समयको अतिरिक्त २ घण्टा थप समय विद्यार्थीहरुलाई पढाउने गरेको सस्थाका चितवन प्रतिनिधि ईश्वरकुमार श्रेष्ठले बताए ।
कोमल हृदय प्रतिष्ठान सस्थाले सिलाई कटाई तालिम, आफ्टर स्कुल कार्यक्रमका साथै बिपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । बिपन्न बस्ती सगुनटोल की सुनिता डंङोल अहिले ब्याचलर तेस्रो बर्षमा पढ्दै छिन । सिद्धीका उपेन्द्र चेपाङ ब्याचलरको प्रथम बर्षमा अध्ययनरत छन ।
बुबा, आमा नै गुमाएका सगुनटोलका अशोक र आसिका खनाल क्रमश: ११ र ५ कक्षामा पढ्दै छन । सोही टोलकि अमिता थिङको छोरा पृथ्वीमाबीमा १० कक्षामा पढ्छन । उनी १० कक्षाकै प्रथम विद्यार्थी हुन । सो सस्थाले पढाउन गरेको सहयोगले छोरा पढन सफल भएको अमिताले बताईन । सस्था हामी गरिबको सहारा भएको छ, उनले भनिन । सो सस्थाले बिपन्न बस्तीमा हाल सम्म १५० भन्दा बढीलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । साथै सस्थाले नै सो २ वटा बिधालयका विद्यार्थीहरुका लागि कलम, कापी, ड्रेस, झोला, जाडोमा न्यानो कपडा, ब्रस, मन्जन, साबुन तथा खाद्यान्न पनि सहयोग गर्दै आएको छ ।
भुकम्प, बाढी पहिरो तथा कोरोना महामारीको बिपतमा पनि सो बस्तीमा सस्थाले खाद्यान्न तथा राहतका सामाग्री सहयोग गर्दै आएको छ । सस्थाले लैङ्गक हिंसा तथा चेलीबेटी बेचबिखन विरुद्धका सचेतना कार्यक्रम समेत गर्दै आएको सस्थाका सस्थापक अध्यक्ष अर्जुन ढकालले जानकारी दिए । सस्थाले बिपन्न बस्ती लक्षित गरि बिगत १ दशकदेखि समाजिक काम गर्दै आएको अध्यक्ष ढकालले बताए । कोमल हृदय प्रतिष्ठान सस्थाले वडाका बिपन्न बस्ती र बिधालयमा निरन्तर सहयोग गर्दै आएको कालिका वडा नं.७ का वडा अध्यक्ष कमलराज मुक्तानले बताए । सस्थाको सहयोगले बिपन्न विद्यार्थीहरुलाई पढाईमा ठुलो सहयोग भएको पृथ्वीमाबीका प्राचार्य प्रकाशचन्द्र अर्यालले बताए ।
कालिकाको ११ नम्बर वडाको बिपन्न बस्तिमा रहेका विद्यार्थीलाई छात्रवृत्ति, विभिन्न सहयोग र बिधालयमा सो सस्थाले गरेको सहयोगले चेपाङ बस्ती र बिधालयका विद्यार्थीहरुको पढाइमा धेरै टेवा पुगेको राष्ट्रिय माबी मझवाङका इन्चार्ज दिवलाल चेपाङले बताए । कोमल हृदय प्रतिष्ठानले आफ्नो वडामा धेरै सहयोग पुर्याएको कालिका वडा नं.११ का वडा अध्यक्ष कृष्णबहादुर प्रजा (दामाराम) ले बताए । बिपन्न तथा पहाडी गाउँमा बस्ने चेपाङको बिकाशमा सस्थाको सहयोग निरन्तर हुनुपर्ने उनले बताए ।